७ करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै
तनहुँ | असोज १८, २०८१
तनहुँ: सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त पुलको बिहीबार शिलान्यास गर्नुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको रु सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुलका लागि चालु आर्थिक वर्षमा रु दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ ।
उक्त मन्त्रालयका अनुसार ७४।२० मिटर लामो आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।
यसैबीच, व्यास नगरपालिका–३ मा सात वर्षदेखि अलपत्र तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन बनाउन रु ६५ लाख विनियोजन गरेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिनुभयो ।
सङ्घीय सरकार मन्त्रिपरिषद् बैठकले उक्त भवन गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौताबमोजिम उक्त भवनको हकभोग अधिकार प्रदेश सरकारमा आएको थियो ।
प्रदेश सरकारले सामाजिक विकास कार्यालयको भवन नभएकाले सो भवन उक्त कार्यालयलाई हस्तान्तर गरिने छ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

